FAQs Complain Problems

सामाचार

IEEE को सार्वजनिक सूचना

IEEE को सार्वजनिक सूचना

यस सभापोखरी गाउँपालिका क्षेत्र भएर वग्ने सभा र लंखुवा खोलाबाट ढुंगा, गिटी र वालुवा संकलन गर्ने कार्यलाई व्यवस्थित गर्न वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ (संशोधन सहित) को नियम (३) को अनुसुची १ अनुसार प्रारंभिक वातावरणीय परीक्षण (IEEE) को अध्ययन गर्नु पर्ने भएकोले प्रारंभिक वातावरणीय परीक्षण (IEEE) गर्ने क्रममा नियम ७ को उपनियम २ बमोजिम सो प्रस्ताव कार्यान्वयन गर्दा प्रस्तावित क्षेत्रको भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलापहरु र यसका अवयवहरु तथा ती अवयवहरु वीचको अन्तरक्रिया र अन्तरसम्वन्धमा पर्ने प्रभावको वारेमा सम्वन्धित वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, सम्वन्धित अन्य सरोकारवाला निकाय र व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निम्न ठेगानामा आइपुग्ने गरि लिखित राय सुझाव उपलव्ध गराई दिनु हुन यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

सभापोखरी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय बाह्रविसे ,संखुवासभा

फोन नं. : ०२९–४१३०९०

इमेल : savapokharimun@gmail.com
           ito.sabhapokharimun@gmail.com

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: