FAQs Complain Problems

सामाचार

Sabhapokhari

Read More

बाह्रविसे बजारको झोलुङ्गे पुल

Read More

बाह्रविसे बजार

Read More

No front page content has been created yet.

सभापोखरी गाउँपालिकाको संक्षिप्त परिचय

सभापोखरी गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारले साविकका ३ ओटा गाविसहरु (धुपु, बाह्रबिसे र सभापोखरी) लाई गाभेर मिति २०७३ साल फागुन २७ गते सभापोखरी गाउँपालिकाको पुनःसंरचना गरेको छ । गाउँपालिका बन्नु अघि छुट्टा छुट्टै बिशेषता बोकेका धुपु, बाह्रबिसे र सभापोखरी गाविसलाई मिलाएर प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सभापोखरीलाई आधार मानि यस गाउँपालिकाको नाम सभापोखरी गाउँपालिका नामाकरण गरिएको हो । प्राचीनकालमा ब्यास पुत्र शुकदेव आई शौनकादि ऋषिहरुलाई पुराण सुनाईसकेर सभा गरेको हुँदा त्यहीँबाट नै सभापोखरी नाम रहन गएको जनश्रूति छ । अर्को किम्बदन्ति अनुसार पृथ्वीमा दैत्यहरुले गर्ने बिनाश रोक्न देवताहरुले यहाँ सभा बसी योजना बनाएका थिए । सभाखोलाको उद्गमस्थलको रुपमा रहेको यो पोखरी धार्मिक, पर्यटकीय, सौन्दर्य तथा जैबिक बिबिधता बोकेको क्षेत्र समेत हो । गाउँपालिकाको नाम सभापोखरी रहेतापनि यहाँको बाह्रबिसे बजार ऐतिहासिक रुपले उत्तिकै महत्व बोकेको पुरानो ब्यापारिक केन्द्रको रूपमा रहेको छ । 

सभापोखरी गाउँपालिका संखुवासभा जिल्लाको उत्तर पूर्वी क्षेत्रमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा ताप्लेजुङ जिल्ला, पश्चिममा खाँदबारी नगरपालिका र चिचिला गाउँपालिका, उत्तरमा मकालु गाउँपालिका पर्दछन् भने दक्षिणमा पाँचखपन नगरपालिका रहेको छ । यस सभापोखरी गाउँपालिकामा साविकको धुपु गाविसका १-४ वडालाई वडा नं. १, साविक धुपु गाविसका ५-९ वडालाई वडा नं.-२, साविक बाह्रबिसे गाविसका १-६ वडालाई वडा नं.-३, बाह्रबिसे गाविसका ७-९ वडालाई वडा नं.- ४, साविक सभापोखरी गाविसका ७-९ वडालाई वडा नं.-५ तथा सभापोखरी गाविसका १-६ वडालाई वडा नं.- ६ कायम गरिएको छ । गाउँपालिकाको राजनैतिक प्रशासनिक बिभाजनलाई तलको तालिकामा स्पष्ट रुपमा प्रस्तुत गरिएको छ ।

जिल्ला - संखुवासभा
गाउँपालिका- सभापोखरी गाउँपालिका
गाउँपालिका केन्द्र -बाह्रविसे 
वडा संख्या -६ ओटा
पूर्व -ताप्लेजुङ जिल्ला
पश्चिम- खाँदबारी नगरपालिका र चिचिला गाउँपालिका
उत्तर-मकालु गाउँपालिका
दक्षिण -पाँचखपन नगरपालिका
कुल क्षेत्रफल- २२२.०८ वर्ग कि.मी.
कुल घरधुरी - (२०७८) २,५०७
कुल जनसंख्या-  (२०७८) ९,९७०

जन प्रतिनिधि

अध्यक्ष
मोबाईल नं.:
9852051984
उपाध्यक्ष
मोबाईल नं.:
9842062889
प्रवक्ता
मोबाईल नं.:
9852051059

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
मोबाइल नं. :
9841903181