FAQs Complain Problems

सामाचार

गाउँसभा भव्यताका साथ सम्पन्न

यहि मिति २०७५/०३/२८ देखि २०७५/०३/२९ गते यस सभापोखरी गाउँपालिकाको दोश्रो गाउँसभा भव्यताका साथ सम्पन्न भएको छ | यस गाउँसभाले आगामी आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रम को लागि बजेट पनि बिनियोजन गरेको छ | विविन्न सिर्सक जस्तै भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास,  वातारण तथा विपद व्यवस्थापन तथा संस्थागत बिकाश तर्फ विविन्न शिर्षकमा बजेट विनियोजन गरेको छ | गत वर्षको आय तथा खर्चको विवरण पनि यस गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार भण्डारी ज्यूले पेश गर्नु भएको थियो | साथै अब सभापोखरी गाउँपालिकालाई कसरि समृद्ध गाउँ एवम् नमुना गाउँपालिका बनाउने भन्ने विषमा छलफल तथा विविन्न सुझाब तथा राय विविन्न उपस्थित महानुभाव तथा बुद्धिजीवी सँग संकलन गरिएको थियो | साथै यस गाउँपालिकालाई सम्वृद्ध बनाउन आम सभापोखरी जनता नै लाग्नु पर्ने भन्दै यस गाउँपालिकाको अध्यक्ष रत्न बहादुर सुब्बा ज्यूले सभा समापन गर्नु भएको थियो | 

आर्थिक वर्ष: